देउवाले टिकट खोसे, जनताले मेयर बनाए – Online Khabar

Election

५ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा प्रहलादकुमार क्षेत्री विजयी भएका छन् । प्रहलाद त्यही व्यक्ति हुन जसको टिकट कांग्रेस सभापति शेरबहादुर देउवाले खोसेका थिए । त्यो पनि मनोनयन दर्ता गर्ने दिन ।

मनोनयन दर्ता गर्ने दिन १२ वैशाखमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर दुई जना मेयरको मनोनयन दर्ता गर्न पुगेका थिए ।

जसमा एक जना  क्षेत्री थिए भने अर्का चिरञ्जीवी हमाल ।

तरपछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले पत्र पठाउँदै हमाल आधिकारिक उम्मेद‍वार भएको पत्र पठाए । आयोगले हमाललाई नै कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गर्‍यो ।

टिकट पाए पनि दर्ता गर्ने बेलामा आधिकारिकता नपाएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दिए । उनले आफूले मात्र उम्मेदवारी दिएनन् स्वतन्त्रको प्यानल नै बनाए । उपमेयरमा तारादेवी खत्री स्वतन्त्रबाट उम्मेदवार बनिन् ।

१४ हजार २१० मत ल्याएका क्षेत्री आफूले मात्र जितेनन्, उमपेयरमा खत्रीले पनि जितिन् । उनले ९ हजार ७३६ मत ल्याइन् ।

खत्रीकै प्यानलबाट वडा नम्बर १ मा भोला खड्का, ७ मा रामस्वगारथ यादव १३ मा लक्ष्मण सिंह र १४ मा विजयकुमार महतो वडाध्यक्ष निर्वाचित भए ।

क्षेत्रीले स्वतन्त्रबाट चुनाव जित्दा कांग्रेसका आधिकारिक उम्मेदवार चिरञ्जीवी हमाल १२६३ मतसहित चौथो स्थानमा रहे ।

उपमेयरमा पनि कांग्रेसकी आधिकारिक उम्मेदवार अमिनकुमारी महतो १७५८ मतसहित चौथौ नै भइन् । प्रमुख र उपप्रमुख दुवैमा नेकपा माओवादी केन्द्र दोश्रो र नेकपा एमाले तेश्रो भयो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.