Tuesday, October 4, 2022

तनहुँको व्यासमा कांग्रेसको मत काट्दै कैंची – Online Khabar

५ जेठ, तनहुँ । तनहुँको व्यासमा नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीले अग्रता लिइरहेका छन् ।

यो समाचार तयार पार्दासम्म जोशीले एक हजार ७ सय ९३ मत पाएका छन् भने नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले एक हजार १ सय ९६ मत पाएका छन् ।

मत गणनामा सहभागीहरुका अनुसार वडाध्यक्ष र वडा सदस्यमा रुख चिन्हमा नै मतदान गर्नेहरुले पनि मेयरमा भने दीपक जोशीको चुनाव चिह्न कैंचीमा मतदान गरेको पाइएको छ ।

व्यास नगरपालिका वडा नं. ३ मा नेपाली कांग्रेसबाट अध्यक्षमा उठेका अनुप राना ६५७ मत पाए निर्वाचित भए । उपप्रमुखको उम्मेदवार रहेकी इन्दिरा दरैले ४१७ मत पाइन् । तर कांग्रेसबाटै नगरप्रमुखको उम्मेदवार रहेका वैकुण्ठ न्यौपानेलाई भने ३३३ मत मात्र आएको छ ।

न्यौपानेको वडाबाट पनि जोशीलाई मत गएको देखिन्छ । जोशीले यो वडाबाट ६ सय २७ मत प्राप्त गरे ।

कांग्रेसका असन्तुष्ट नेता गोविन्दराज जोशीले एमालेसँग गठबन्धन गरेर छोरा दीपकलाई व्यासमा मेयर उठाएका हुन् ।

व्यास ३ मा मात्र होइन, अरु वडामा पनि उनले कांग्रेसको भोट पाएको देखिन्छ । व्यास २ मा कांग्रेसका वडाअध्यक्ष उम्मेदवार काशीराम श्रेष्ठलाई ६१६ मत आउँदा नगरप्रमुखका उम्मेदवार न्यौपानेले जम्मा ४३८ मत पाएका छन् । जोशीको कैंची चुनाव चिह्नमा ६२५ मत आएको छ ।

व्यास ४ का कांग्रेसका उम्मेदवार रहेका वडाअध्यक्ष देवबहादुर गुरुङले ३८३ मत पाउँदा न्यौपानेले २९८ मत पाए । यो वडामा पनि कैंचीलाई ४५३ मत पर्‍यो ।

निर्वतमान नगरप्रमुखका समेत रहेका न्यौपाने कांग्रेसका नेता रामचन्द्र पौडेल निकट छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments