खार्पुनाथमा कुटपिटबाट घाइते भएका शाहीको मृत्यु – Online Khabar

Election

५ जेठ हुम्ला । हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ ।

आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो ।

वैशाख ३१ गते घर बाहिर बसिरहेका बेला ६० वर्षीय शाहीलाई एक समूहले कुटपिट गरेको उनका छोरा सागर शाहीले बताए । सख्त घाइते भएका शाहीलाई हेलिकप्टरबाट उपचारका लागि सिमकोट ल्याइएको थियो । जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि सुर्खेत रेफर गरिएको थियो । त्यहाँबाट पनि नेपालगञ्ज पुर्‍याइएको थियो ।

मृतक शाहीको शव आफन्तले बुझ्न मानेका छैनन् । कुटपिटमा संलग्न भएको आरोपमा ९ जनाविरुद्ध उजुरी दर्ता गरे पनि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म प्रक्राउ नपरेपछि शव नबुझेको मृतकका छोरा सागरले बताए ।

३१ गते शाहीसहित खार्पुनाथ-५ का मन्दिर ऐडी र ऐडीका छोरा पनि कुटिएका थिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.