नवलपरासीमा दुई स्वतन्त्र उम्मेदवारले जिते वडाध्यक्ष

Election

४ जेठ,  नवलपरासी । पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका नवलपरासीका दुई जना उम्मेदवारले वडाध्यक्ष जितेका छन् । रामग्राम नगरपालिका–१५ मा धनपद यादव र बर्दघाट नगरपालिका-३ मा प्रकाशचन्द्र अधिकारी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

महिला सदस्यबाहेक स्वतन्त्रको टिम नै बनाएर चुनाव लडेका अधिकारीले प्यानसहित विजयी भएका हुन् । विजयी हुने सबै जना कांग्रेसका क्रियाशील सदस्य थिए । तर पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । यादव २०७४ सालको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षमै निर्वाचित भएका थिए ।

बर्दघाट नगरपालिकामा चुनाव जितेका अधिकारीलाई सुरुमा टिकट दिए पनि पछि गठबन्धन बनेपछि फिर्ता गराइएको थियो । त्यसपछि उनले पार्टीबाट राजीनामा दिएर टिम बनाएर चुनाव लडेका थिए ।

रामग्राममा यादवले वडाध्यक्ष जित्दा कांग्रेसका उमेदवार चौथो भएका छन् । यादवले माओवादी केन्द्रका उम्मेदवार देवनारायण पाण्डेलाई ३११ मत अन्तरले पराजित गरे । बर्दघाटमा अधिकारीले जित्दा गठबन्धनका उम्मेदवार भने तेस्रो भएका छन् । अधिकारीले एमालेका उम्मेदवार जीवनबहादुर थारुलाई १३१ मत अन्तरले पराजित गरे ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.