Saturday, October 1, 2022

सिन्धुपाल्चोकको चौतारामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन विजयी

३ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन जितेको छ ।

चौताराको प्रमुखमा भएको त्रिपक्षीय प्रतिस्पर्धामा गठबन्धनका तर्फबाट माओवादी केन्द्र र उपाध्यक्षमा एकीकृत समाजवादी विजयी भएका हुन् ।

नगरप्रमुखमा नेकपा एमालेका इन्द्रबहादुर नेपाललाई हराउँदै माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा निर्वाचित भएका छन् । सापकोटाले ११ हजार ७२ मत ल्याउँदा नेपालले ६ हजार ७८५ मत मात्रै ल्याए ।

कांग्रेसका केवशराज गिरीले ६ हजार २४५, राप्रपाका सुन्तली ढुंगेलले ९०६, मंगोल नेशनल अर्गनाइजेशनका संकबहादुर तामाङले १३० र स्वतन्त्रका कुमार श्रेष्ठले ११० मत पाए ।

यस्तै नगरको उपप्रमुखमा नेकपा एमालेकी बाल कुमारी सापकोटालाई पराजित गर्दै एकीकृत समाजवादी सीता थापा निर्वाचित भएकी हुन् । थापाले ९ हजार ७ २६ मत ल्याउँदासापकोटाले ६ हजार ८७७ मत मात्र पाइन् ।

यस्तै नेपाली कांग्रेसकी तुल्सी कुमारी श्रेष्ठले ५ हजार ७६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका जित बहादुर भारतीले १ हजार ६२ र मंगोल नेशनल अर्गनाइजेशनका माया तामाङले ५० मत प्राप्त गरिन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments