पाल्पाको रैनादेवीको अध्यक्षमा कांग्रेसका भट्टराई र उपाध्यक्षमा माओवादीका थापा निर्वाचित

Election

३ जेठ, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रुक्मांगत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित भट्टराईले ६ हजार ६ सय ४३ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाए ।

उपाध्यक्षमा ६ हजार ३ सय ७ मत ल्याएर माओवादीका थापा निर्वाचित हुँदा नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार १ सय ६१ मत पाइन् ।

८ वटा वडा रहेको यो गाउँपालिकामा २ वटा वडा एमाले र ६ वटा वडा गठबन्धनका उम्मेदवारले जितेको निर्वाचन अधिकृतको कार्यालय रैनादेवी छहराले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.