शेरबहादुर देउवा र कर्ण मल्ल ।
३ जेठ, डडेलधुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा एक दशक पार्टीको नेतृत्व गरेका कांग्रेस नेता कर्ण मल्लले स्थानीय चुनावअघि विद्रोह गरे । उनले नेपाली कांग्रेस बीपीको नामबाट नेकपा एमालेसँग चुनावी तालमेल गरे ।
२०७४ मा देउवाले मल्ल पक्षका एक जनालाई पनि टिकट नदिएको उनीहरुले बिर्सिका थिएनन् । त्यसैले यो चुनावमा धेरै अघिदेखि मल्ल पक्षले एउटा स्थानीय तहको प्रमुखमा आफूहरुलाई टिकट दिन माग गरेको थियो । नेपाली कांग्रेस वीपीका जिल्ला सभापति तिलक हमालका अनुसार उनीहरुले अमगरगढी नगरपालिका वा नवदुर्गा गाउँपालिकामध्ये एउटा मागेका थिए ।
तर नेतृत्वले सुनुवाइ नगरेको भन्दै कांग्रेस बीपीमा आवद्ध भए र एमालेसँग चुनावी तालमेल गरे । आफूले जित्ने, नसके कांग्रेसलाई हराउने उनीहरुको नारा थियो ।
गृह जिल्लामै मल्ल समूहले एमालेसँग तालेमल गरेपछि कांग्रेस सभापति देउवा दबावमा परे । देउवा पत्नी आरजु देउवा आफ्नै चुनाव प्रचारमा गएर कांग्रेसलाई भोट मात्र मागिनन्, करुवा (बीपी कांग्रेस)को चुनाव चिह्नमा भोट नदिन अपिल गरिन् । अन्तिम समयमा देउवाले पनि चुनावी सभाहरु गर्दै हिँडे ।
देउवालाई जनताको घरदैलोमा जान बाध्य पारेको बीपी कांग्रेसले हराउन भने सकेन । बीपी कांग्रेसका उम्मेदवारले डडेलधुराभर २ वडाध्यक्ष र ५ जना वडा सदस्य मात्र जितेको छ । ७ वटा पालिका रहेको डडेलधुरामा मल्ल समूहको साथ पाएको एमालेले एउटा पनि पालिकामा प्रमुख र उपप्रमुख जित्न सकेन ।
कांग्रेस बीपीबाट अमरगढीमा मेयरको उम्मेदवार बनेका हरिप्रसाद भट्ट १९३ मतले पराजित भए । कांग्रेसका डिल्लीराज जोशीले तीन हजार ६१९ मत ल्याउँदा उनले तीन हजार ४२६ मत ल्याए । भट्ट भने आफूहरुलाई जनताले अनुमोदन गरेको दाबी गर्छन् र हारलाई प्राविधिक भन्छन् । अमरगढी नगरपालिको वडा नम्बर ११ का कांग्रेस नेताहरुले आफ्नो वडामा कांग्रेस वीपीबाट उम्मेदवार नउठाउन आग्रह गरेको र आफूले उदारता देखाएकै कारण हार्नु परेको उनले बताए ।
‘वडा नम्बर ११ मा मैले उम्मेदवार उठाइरहेको थिएँ । त्यहाँ कांग्रेसका साथीहरुले तपाईंले नउठाउनुस्, त्यहाँका सबै जनताले मेयरमा तपाईंलाई भोट हाल्छु भनिराखेका छन्, दुई जना उठायो भने बेकार हुन्छ हारिन्छ, त्यसो नगरिदिनुस् भनेर ३०–३२ जना मकहाँ आएर आग्रह गर्नुभयो’, उनी भन्छन्, ‘तर मलाई ११ नम्बरबाटै धोका भयो ।’
देशका प्रधानमन्त्रीका दम्पती नै आफूविरुद्ध लाग्दा पनि आफूले जनताको साथ पाएको उनी बताउँछन् । ‘सम्माननीय प्रधानमन्त्री आएर अरुलाई मतदान नगर्नुस् भन्नुभयो, उहाँकी श्रीमतीले त आफूहरुको मेयर नभएको ठाउँमा पैसा पठाउँदैनौं, गाउँको विकास गर्दैनौं भन्नुभयो,’ भट्टले भने, ‘त्यस्तो अस्थामा पनि निडरताका साथ जनताले मलाई साथ र सम्मान दिए ।’
अब कांग्रेस नफर्किने र कांग्रेस वीपीको संगठन सुदृढीकरण गर्दै अघि बढनुको विकल्प नभएको गन्यापधुराका मेयर उम्मेदवार सुरेन्द्रबहादुर माली बताउँछन् । पार्टीलाई सुदूरपश्चिम प्रदेशभर विस्तार गरिने योजना उनले सुनाए ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));