तुलसीपुरको वडा नम्बर १७ मा मतदान जारी  – Online Khabar

Election

३ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मा आज मतदान भइरहेको छ ।

नेकपा एमालेका तर्फबाट वडा नम्बर १७ को वडाध्यक्ष उम्मेदवार लवरु चौधरीको मृत्यु भएपछि वैशाख ३० गतेका लागि तोकिएको मतदान जेठ ३ गते (मंगलबार) भइरहेको हो । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।

उक्त वडामा वडाध्यक्ष पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा एमालेको तर्फबाट स्वर्गीय लवरु चौधरीका छोरा प्रदीप चौधरी र स्वतन्त्र उम्मेदवार डिल्लीराज शर्मा अध्यक्षका प्रत्यासी बनेका छन् ।

यस वडामा जम्मा ६ हजार १७० मतदाता रहेका छन् । बिहान १० बजेसम्म २१ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

वडाका दुई स्थानमा मतदान भइरहेको छ । जनकल्याण माध्यमिक विद्यालय दुधरासको बुथमा २ हजार ७५६ र दीपेन्द्र माध्यमिक विद्यालय मानपुर बुथमा ३ हजार ४१४ मतदाता छन् ।

वडाका दुवै बुथमा निर्वाचन सम्पन्न भएपछि आजै बेलुकीबाट तुलसीपुर उपमहानगरपालिकाको यसअघि मतदान भएका वडाहरुको मतगणना सुरु हुने निर्वाचन कार्यालय तुलसीपुरले जनाएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.