डोल्पाको त्रिपुरासुन्दरीको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी 

Election

३ जेठ, सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयरमा र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका जनचन्द्र रोकाया र उपमेयरमा देवी घर्ती निर्वाचित भएका छन् ।

रोकायाले २ हजार १०४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रलाल धरालाले  १ हजार ५९६ मत ल्याएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेदवार दिलबहादुर विष्टले १ हजार ४२२ मत पाए ।

उपाध्यक्षमा निर्वाचित एमालेकी घर्तीले १ हजार ८५६ मत ल्याउँदा माओवादी केन्द्रका काली चलाउनेले १ हजार २९० मत पाएका छन् । कांग्रेसकी सावित्री पहाडीले १ हजार २७७ मत ल्याएकी छिन् ।

त्रिपुरासुन्दरी नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेले नै जितेको थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.