गुल्मीको मालिकामा एमाले नील, अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

Election

३ जेठ, गुल्मी । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको एमालेले यसपटक वडामा सदस्यसमेत जित्न सकेन ।

अध्यक्षमा निर्वाचित माओवादीका अर्यालले ६ हजार १७६ मत ल्याएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका अर्यालले ६ हजार ३३४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिकामा अध्यक्षमा निर्वाचित माओवादीका अर्यालको निकटतम प्रतिस्पर्धी एमालेका रीतबहादुर थापाले ४ हजार ६१७ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका उपेन्द्र अर्यालयको निकटतम प्रतिस्पर्धी एमालेकै रनमाया पुनले ४ हजार ६९२ मत पाएकी छन् ।

गाउँपालिकामा रहेका वडाहरुमा एमालेले सदस्य समेत जित्न सकेको छैन । मालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच चुनावी तालमेल भएको थियो । तालमेल अनुसार सबै वडामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिकामा रहेका ८ वटा वडाहरुमध्ये ७ वटा वडामा नेपाली कांग्रेस र एउटा वडामा माओवादी केन्द्रले जितेको छ । जसअनुसार वडानम्बर १, २, ४, ५, ६, ७, ८ मा नेपाली कांग्रेस र ३ मा माओवादीले वडाअध्यक्ष जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिकामा १७ हजार ७२३ जना मतदाता रहेकोमा ११ हजार ५८० जनाले मतदान गरेका थिए । यो गाउँपालिकामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा अध्यक्षमा र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।

जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये ९ वटा स्थानीय तहको मतगणना सकिएको छ । सकिएका मतगणना अनुसार रेसुङ्गा, गुल्मीदरवार, ईस्मा र मदानेमा नेपाली कांग्रेसले जितेको छ । चन्द्रकोट र धुर्कोट, मालिका माओवादी केन्द्रले जितेको छ । छत्रकोट र सत्यवतीमा एमालेले जितेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.