News Portal

any time News , local election in nepal 2079

रंगेलीमा रोकिएको मत गणना पुन: सुरु – Online Khabar

२ जेठ, विराटनगर । मोरङको रंगेली नगरपालिकामा दुई दिनयता रोकिएको मतगणना पुन: सुरु भएको छ । शनिबार राति ८ बजेबाट रोकिएको मतगणना निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको उपस्थितिमा  भएको छलफलपछि पुन: सुरु भएको हो ।

९ वटा वडा रहेको रंगेलीमा २७ हजार २७० मत खसेको छ । पहिलो चरणमा रंगेलीका वडा नम्बर १, २ र ३ को मत गणना भइरहेको बेला सिल नलागेको मतपेटिका भेटिएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिले अवरोध गरेपछि मतगणना रोकिएको थियो ।

सुरुबाटै गणना गर्ने सहमतिपछि सोमबार साँझबाट मत गणना सुरु भएको निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले जानकारी दिए ।

शनिबार राति ३ हजार १३२ मत गनिसकेपछि गणना रोकिएको थियो । प्रमुख निर्वाचन आयुक्तको उपस्थितिमा छलफल भएपछि पुन: सुरुबाटै गणना भइरहेको नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार मोदराज घिमिरेले बताए ।

प्रारम्भिक मतपरिणाम अनुसार मेयरमा एमाले उम्मेदवार दिलीप बगडिया १ हजार ६३१ मतका साथ अगाडि थिए भने कांग्रेसका मोदराज घिमिरेले १ हजार ६७ मत ल्याएका थिए ।

शनिबार  रंगेली-८ का कांग्रेसका वडाध्यक्ष उम्मेदवार आशिष दोर्जेले मतपेटिका सिल नगरिएको अवस्थामा रहेको भन्दै  निर्वाचन अधिकृतको कार्यालयको ध्यानाकर्षण गराएका थिए । त्यसपछि कांग्रेस नेता कार्यकर्ताले मत गणना रोकेर पुन: मतगणना गर्न माग गरेका थिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाको उपस्थितिमा भएको छलफलले  वडा नम्बर १, २ र ३ को मतगणना पुनः सुरुबाट गर्ने, नगरपालिकाका अस्थायी कर्मचारीलाई गणना स्थलमा नराख्ने र सिल टुटेको मतपेटिकाबारे थप जाँच्ने सहमति भएको थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.