मतगणना साह्रै सुस्त – Online Khabar

Election

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा आफूले चाहेर पनि मतगणनालाई तीब्रता दिन नसकिएको गुनासो गर्छन् । मतगणनाको प्रक्रिया, ठूलो मतपत्र, सीमित ठाउँ, सीमित जनशक्ति र क्रस भोटहरु धेरै भएका कारण मतगणनामा समस्या भइरहेको उनको कथन छ ।

शनिवबार बिहानदेखि राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मत गणनास्थलको ठाउँ सात पुर्‍याउने तयारी छ । मतगणना सुरु गरेको तीन दिनमा जम्मा दुई वटा वडाको मतगणना सकिएको छ भने पाँच वटा वडाको गणना जारी छ ।

मुख्य निर्वाचन अधिकृत खतिवडा भन्छन्, ‘जतिसक्दो छिटो मत गणना गर्ने र परिणाम दिने मेरो प्रतिवद्धता छ । तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ९ जनाको समूह छ । यसभित्रै मुख्य निर्वाचन अधिकृतको सवारी चालक र पीएसओ पनि पर्छन् । ७ जनाले मतगणनाको सबै म्यानेज गर्नुपर्नेछ ।’

काठमाडौं महानगरपालिकामा एक लाख ९१ हजार मत खसेको छ । मतपत्र ६४ लहरको छ । मतगणना ढिलाइ भएको स्वीकार गर्दै खतिवडा थप्छन्, ‘काठमाडौं महानगरका ६४ लहरको मतपत्र छ । एक देखि ६४ सम्म कुनै पनि ठाउँमा मत संकेत भएको हुन सक्छ । त्यो सबै हेर्नुपर्छ ।’

उम्मेदवार बढी भएपछि स्वभावैले प्रतिनिधिहरु पनि बढी नै छन् । ठूलो संख्यालाई मतपत्र देखाउनुपर्ने हुन्छ । सुरु सुरुमा राष्ट्रियसभा गृहमा एउटा मतपत्र गन्न २० मिनेटसम्म लागेको थियो । तर, पछिल्लो समय तीन मिनेटभित्रै एउटा मतपत्र गनिसकिएको राजनीतिक दलका प्रतिनिधिहरु बताउँछन् ।

काठमाडौं महानगरको जस्तै समस्या अन्य ६ वटै महानगरमा छ । उपमहानगर र केही नगरपालिकाहरुमा समेत मतगण्ना सुस्त छ ।

मतगणना सुस्त भएको गुनासो बढेपछि विराटनगर महानगरपालिकाको मतगणनाका लागि तीन मतगणना स्थल थपिएको छ । विराटनगर-७ स्थित आर्दश माध्यमिक विद्यालयमा ६ वटा कोठाबाट मतगणना भइरहेकोमा थप तीन वटा स्थल थपिएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु निर्वाचन आयोगले सहयोग गरेमा मतगणनामा तीब्रत्ाा आउने बताउँछन् ।

‘निर्वाचन आयोग स्वयंलाई थाहा छ हाम्रो समस्या । यो काम आयोगकै हो । हामी राष्ट्रको सेवा गरौं भनेर छोटो समयका लागि छौं’ काठमाडौंका मुख्य निर्वाचन अधिकृत खतिवडा भन्छन्, ‘आयोगबाट पनि केही न केही होला भन्ने अपेक्षा राखेको छु ।’

मतपत्र गन्ने भनेको पाना मात्रै गनेको रुपमा नलिन उनको आम नागरिकलाई आग्रह छ । मतगणना पद्धति र प्रक्रियालाई सहज र छिटो छरितो बनाउने तरिका अपनाउन नसक्दा हरेक बर्ष यस्तो समस्या झेल्नुपरेको पनि उनले स्मरण गरे ।

ढुक्क आयोग

निर्वाचन अधिकृतहरुले अनेक अपेक्षा र गूनासो राखेपनि निर्वाचन आयोगका अधिकारीहरु ढुक्क देखिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल मतगणनामा ढिलाइ भएको स्वीकार गर्छन् । भन्छन्, ‘गणना ढिला भएको साँचो हो, यसमा कुनै लुकाउने छिपाउने छैन ।’ जहाँ मतपत्र सानो छ, जहाँ मतदाता कम छन् त्यहाँको परिणाम आइसकेको उल्लेख गर्दै उनी थप्छन्, ‘मतदाता बढी र मतपत्र ठूलो भएका ठाउँमा समस्या छ । ६४ लहरको मतपत्र हेर्न र प्रतिनिधिहरुलाई आश्वस्त गर्न समय लाग्छ ।’

तर, मतगणना सम्पन्न भएर गणना सुरु भइसकेकाले परिणाम आउन एक दुई दिन ढिला हुँदैमा केही नहुने प्रवक्ता शर्माको जवाफ छ । ‘निर्वाचन भइकेपछि परिणाम आउन एक दुई दिन ढिला हुँदैमा यो यति ठूलो इस्यू नहोला’ सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने ।

मतपत्र ठूलो, ठाउँको अभाव, सिसी क्यामेराको निगरानी लगायतका विषय समस्याका रुपमा रहेको उल्लेख गर्दै उनले थपे, ‘जे होस ढिलो भएको कुरालाई आयोगले गम्भीर रुपले लिएको छ । केही दिनभित्रमा छिटो गर्न केही न केही उपाय सुझाइन्छ ।’

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.