News Portal

any time News , local election in nepal 2079

बुद्धम् शरणम् गच्छामी (फोटो फिचर)

१ जेठ, काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६७ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइएको छ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । बुद्ध जयन्तीको अवसरमा देशभरका बुद्ध विहारहरुमा विशेष कार्यक्रम गरिएको छ ।

काठमाडौंको वौद्धनाथमा पनि सोमबार विशेष कार्यक्रम गरिएको छ । सयौं सर्वसाधारण तथा बौद्ध धर्मावलम्बीहरु भेला भएर द्विप प्रज्वलन गरेका थिए । वौद्धनाथमा आयोजित औपचारिक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

 

Source link

Leave a Reply

Your email address will not be published.