News Portal

any time News , local election in nepal 2079

पराजित उम्मेदवारसमेत विजय जुलुसमा सहभागी भएपछि … – Online Khabar

२ जेठ, बाजुरा । गौमुल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हरिबहादुर रोकायासँग पराजित भए । तर पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार हिरेन्द्रबहादुर रोकाया हरिबहादुरलाई बधाई दिन बिजय जुलुसमै सहभागी भए ।

हिरेन्द्र विजय जुलुसमा सहभागी भएको तस्वीरले अहिले सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ ।

हिरेन्द्रले विजय जुलुसमा सहभागी भएको तस्वीर राखेर लोकतान्त्रिक प्रणालीमा विजय र पराजय स्वीकार्नुको विकल्प नभएको बताएका छन् । उनले अध्यक्षमा निर्वाचित हरिबहादुर रोकाया सिंगो गाउँपालिकाको अभिभावक हुने आशा व्यक्त गरेका छन् र आफूलाई मत दिनेहरुलाई धन्यवाद दिएका छन् ।

बाजुराको स्थानीय चुनावको सुरुवातदेखि नै धेरै ठाउँमा झडप भएका थिए । कतिपय ठाउँमा प्रहरीले हवाइ फायरसमेत गरेको थियो । तर गौमूलले राजनीतिक सन्देश दिएको भन्दै बाजुरामा चर्चा हुने गरेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.