Monday, October 3, 2022

सिद्धार्थनगरको मेयरमा कांग्रेस र उपमेयरमा राप्रपा अगाडि

१ जेठ, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नंं. १ र २ को मत गणना सकिएको छ । वडा नंं. १ मा जनता समाजवादी पार्टीका उज्ज्वल पोखरेल र २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव विजयी भएका छन् ।

पोखरेल ७ सय ५८ मत ल्याएर विजयी भएको सिद्धार्थनगर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए । पोखरेलका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका याम बहादुर थापाले ७ सय ३० मत प्राप्त गरेका छन् ।

यसैगरी वडा नं.२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव ४ सय ४३ मतसहित विजयी हुँदा नेकपा एकीकृत समाजवादीका सुशील कुमार पुनले ४ सय ३६ मत प्राप्त गरेका छन् ।

सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका इस्तियाक अहमद खाँनले अग्रता कायमै राखेका छन् । ४ हजार २ सय ४१ मत गणना हुँदा खाँनले १ हजार ७ सय ४६ मत प्राप्त गरेका छन् भने राप्रपाका सागरप्रताप राणा १ हजार १ सय ४६ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका डा. रामप्रसाद बस्यालले ६ सय ५३ र जसपाका मातृकाप्रसाद यादवले ३ सय ८७ मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदमा भने राप्रपाकी बिनिता गुप्ताले अग्रता लिएकी छन् । गुप्ताले १ हजार ५० मत प्राप्त गर्दा नेकपा माओवादीका तर्फबाट गठबन्धनकी उम्मेदवार कमला थापा ८ सय ९४ मत ल्याउँदै दोस्रो स्थानमा छिन् ।

नेकपा एमालेकी उमा अधिकारीले ८ सय ४९ मत र जसपाकी आश्मा खातुनले ६ सय ४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments