दैलेखको भैरवीमा कांग्रेस विजयी, निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित

Election

१ जेठ, दैलेख । दैलेखको भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा रिता शाही र उपाध्यक्षमा देवी थापा विजयी भएका हुन् ।

अध्यक्षमा रिता शाहीले ३५५० मत ल्याएर विजयी भइन । उनका प्रतिस्पर्धी एमालेका सर्वराज महताराले ३४८४ मत पाए ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारीले ३२५० मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी  पदमकुमार विष्टले २९२६ मत ल्याइन् ।

भैरवीका निवर्तमान अध्यक्ष वडा सदस्यमा पराजित

दैलेखको भैरवी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम बुढा यसपटक वडा सदस्यमै पराजित भएका छन् । वडानम्बर ७ को खुला सदस्यमा उम्मेदवारी दिएका बुढा कांग्रेस उम्मेदवारसँग पराजित भएका हुन् ।

उनले गत वैशाख ९ गते गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका थिए ।

अध्यक्षमा दोहोरिने आकांक्षा गरेका बुढालाई पार्टीले टिकट दिएन । त्यसपछि जिल्ला समन्वय समिति प्रमुख बन्ने तयारी अनुसार वडा सदस्यमा उम्मेदवारी दिएको बुढा सदस्यमै पराजित भए ।

२०७४ को स्थानीय तह निर्वाचनमा बुढाले कांग्रेसका उम्मेदवार जनार्दन ज्ञवालीलाई फराकिलो अन्तरले पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.