हेमराज शर्मा (डायमण्ड) र भुपबहादुर डाँगी
१ जेठ, दाङ । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।
बिहान ७ बजेसम्मको अवधिमा प्रमुख पदमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा (डायमण्ड) एमालेका उम्मेदवार नरुलाल चौधरीभन्दा ३ सय ७५ मत अन्तरले आगाडि छन् ।
शर्माले ३ हजार १३७ मत प्राप्त गर्दा चौधरीले २ हजार ७६१ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भुपबहादुर डाँगीले ३ हजार ४३० मत प्राप्त गर्दै अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हिमा डिसीले २ हजार ६५९मत प्राप्त गरेकी छन् । उपप्रमुखमा गठबन्धनका डाँगी र एमालेकी डिसीबीच ७ सय ७१ मतको फरक छ ।
घोराहीमा अहिले ६ वटा वडाको मत गणना भइरहेको छ । जसमध्ये ३ वडामा गठबन्धनले र ३ वडामा एमालेले अग्रता लिएको छ । एमाले वडा नं. १४, १६ र १७ मा अगाडि देखिन्छ भने गठबन्धन वडा नं. १८, १५ र १९ मा अगाडि छ ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));