गुल्मीदरवार गाउँपालिका अध्यक्ष कांग्रेसका थापा निर्वाचित

Election

१ जेठ, गुल्मी । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका सरोज थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै तारा थापा निर्वाचित भएकी छन् ।

अध्यक्षमा थापाले ६ हजार १६६ मत ल्याएका छन् भने उपाध्यक्षमा थापाले ६ हजार १८८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कृष्ण भुसालले ५ हजार ६०२ मत ल्याएका थिए । उपाध्यक्षमा एमाले उम्मेदवार सुशिला पुनले ५ हजार ५८९ मत ल्याएकी छन् ।

गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडानम्बर १ मा राजेन्द्र कंडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा शालिकराम टण्डन निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट वडानम्बर २ मा विष्णु गौतम, ४ मा देविराम पोखरेल र ५ मा गुणनिधी पौडेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसले नै अध्यक्ष र उपाध्यक्ष पद जितेको थियो ।

यसपटकको निर्वाचनमा गुल्मीको रेसुंगा नगरपालिकामा पनि नेपाली कांग्रेसले जितेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.