उदयपुरको लिम्चुङबुङका २ वडामा गठबन्धनका उम्मेदवार विजयी

Election

३१ वैशाख, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका दुईवटा वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवारले जित हासिल गरेका हुन् ।

वडा नम्बर ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार छत्र राई विजयी भएका छन् । वडामा जसपाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग तालमेल गरेको थियो । राईले खसेको ९८७ मतमध्ये ४२८ मत प्राप्त गरे ।

यसैगरी वडा नम्बर ५ मा गठबन्धनकै तर्फबाट कांग्रेसका उम्मेदवार कविचन्द्र राई (वसन्त) विजयी भएका छन् । उनी वडामा खसेको ८५५ मतमध्ये ३०४ मत प्राप्त गरी  विजयी भएका हुन् ।

पाँचवटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनकै उम्मेदवारको अग्रता रहेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.