Tuesday, October 4, 2022

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?




काठमाडौं- काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिनुभएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने हुनुभएको छ ।

सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिनुभएको सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिनुभएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्नुहुने जनाइएको छ ।

विवेकशील साझाबाट कामपाको प्रमुखको उम्मेदवारी दिनुभएको समीक्षा बास्कोटाले कामपा वडा नम्बर ३१ स्थित भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिनुभएका वालेन्द साह (वालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गर्नुहुने बताइएको छ । शुक्रबार सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि कामपाको लागि १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।

त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपप्रमुखको उम्मेदवारी दिनुभएको सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने बताउनुभयो ।

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments