फिल्म लेखक तथा निर्देशक रिम विश्वकर्मा अब रेड लाईनतिर,

नेपालमा एक समय छोटो फिल्म ( short movie ) भन्ने बित्तिकै अनैतिक दृश्य होला सायद समाजमा अपाच्य होला परिवार सङगै बसेर हेर्न नमिल्ने होला भन्ने मानसपटलमा भैरहन्थ्यो । तर अहिले पछिल्लो समयमा आएर चेतनामूलक सामग्रीहरु समावेश भएको विभिन्न किसिमका शिक्षमुलक रहेको समाज परिवर्तनमा तपाईं हाम्रो भुमिकामा सकारात्मक सोच कस्तो हुनुपर्छ र यसले दिने सन्देश लगाएत उदेश्य सहितको दृश्य समावेश भएको विभिन्न सर्ट मुभीहरु युटुब च्यानल, फेसबुक तिर हेर्न सक्छौ । यसै सन्दर्भमा रेड लाईन फिल्म युट्युब च्यानलमा रिम विश्वकर्मा द्वारा लेखन तथा निर्देशनमा रहेको सन्देश मुलक समय सापेक्ष हरेक थरीका सर्ट मुभीहरु हेर्न सकिने जानकारी स्वयं विश्वकर्माले दिनुभएको छ । रेड लाईन फिल्म नामक युट्युब च्यानलमा शुरुवाती पहिलो चरणमा बैनिको चङ्गा ( sister’s kite ) शिर्षकमा छोटो फिल्म हेर्न सकिने अभिनेता सुमनराज खाडले बताउनुभएको छ । साथै बाल कलाकार अमन खाड र सहारा बिकको मार्मिक अभिनय रहेको रेड लाईन फिल्म टिमले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments