यो सरकारको गैरजिम्मेवारीको हद भयो- नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोभिड–१९ को महामारीबाट नागरिकलाई बचाउन सरकार गैरजिम्मेवार बनेकाे आराेप लगाएका छन ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भएकाे टिप्पणी गरेका हुन ।

“यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो । आईसीयू र भेन्टिलेटरको कुरा छाडौँ, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दाहेर्दै मरिरहेका छन् । उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराइरहेका छन् । राजधानीका कतिपय ठूला अस्पतालहरुले भर्ना भइ उपचाररत कोभिड बिरामीलाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबाट बाहिर पठाइरहेका छन् भने कतिपय अस्पतालले अब कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन्,” उनले लेखेका छन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments