अनर्गल र झूटा प्रचारप्रसार गरियाे-स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्य ताथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिदमा कुनै भ्रष्टाचार नभएकाे तर अनर्गल र झूटा प्रचारप्रसार भएको बताउनुभएको छ ।

मन्त्री त्रिपाठीले सरकारले जिटूजीमार्फत २० लाख डोज भ्याक्सिन खरिद गरेको बताउनुभयो ।


स्वास्थ्य मन्त्रालयद्वारा मंगलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोरोना भाइरसविरुद्धको खोप खरिद सम्बन्धी तथ्यहीन र आत्मरिताका कुरा नबोल्न आग्रह गर्दै उहाँले सरकारले प्रति डोज खोपलाई ४ अमेरिकी डलरमा खरिद गरेको जानकारी दिनुभयो ।


कोरोना खोप खरिदमा कुनै भ्रष्टाचार नभएकाे तर अनर्गल र झूटा प्रचारप्रसार भएको बताउनुहुँदै उहाँले सोमबार प्रतिनिधिसभा बैठकमा नेताहरुले खोप खरिद सम्बन्धी कुनै तथ्याङ्क र आधारहीन कुरा गरेको समेत बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments