अक्सिजन सिलिण्डर लिन चीन जाँदै नेपाल एयरलाइन्स

अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सोमबार चीनको राजधानी बेइजिङ जाँदै छ ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ प्रस्थान गर्ने छ । अक्सिजन सिलिण्डर बोकेर सो जहाज भोलिपल्ट दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने छ ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा उपलब्ध गराउँदैछ । पहिलो खेपमा नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर नेपाल ल्याइने मुख्य सचिव नेतृत्वको कोभिड–१९ सहजीकरण समितिले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments