दोलखा भीमेश्वरको मूर्तिमा पसिना

दोलखा भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएको छ ।

आज करिब डेढ घण्टा पसिना आएको हो ।  साढे १२ बजेदेखि पसिना पौने दुई बजेसम्म आइरहेको भीमेश्वर गुठी तथा मन्दिर व्यवस्थापनले जनाएको छ । 

भीमेश्वरमा पसिना आएपछि मुलुकमा कुनै न कुनै अनिष्ट हुने जनविश्वास छ । मूर्तिको दाँया पट्टीबाट पसिना आउँदा राष्ट्रप्रमुख, बाँया पट्टीबाट पसिना आउदा जनता र सबैतिर बाट पसिना आउदा मुलुकमा नै समस्या पर्ने भनाई छ । 

मूर्तिको दाँया र माथिल्लो भागमा एक थोपा पसिना आएको र पसिना बढ्दै गएर मूर्तिको सबैतिर फैलिएको पनि बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments