देशका केही स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना

अहिले देशका केही पहाडी भु–भागमा मध्यम बर्षा भईरहेको छ । भने बाँकी भुभागमा आज मौसम सामन्य बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको छ ।

जसले गर्दा देशको पहाडी भू–भागका केहि स्थान तथा प्रदेश नं १ को तराई भू–भागमा आँशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा साझापख मेघगर्जन ,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । शनिबार राति प्रदेश नं.१ का एक दूई स्थानमा हल्का बर्षा हुने महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments