नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

 नेपालसुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन । त्रिपुरेश्वर स्थित दशरथरंगाशालामा आज हुने पहिलो खेलमा बिराटनगर सिटी एफसी र ललितपुर सीटी एफसी भिड्दैछन । यीदुई टोली बीचको खेल दिउँसो साँढे २ बजे हुदैँछ ।

प्लेअफमा पुग्न दुबै टोलीलाई जित्नै पर्ने दबाब छ । ७ अंक सहित बिराटनगर चौथो स्थानमा छ भने ६ अंक रहेको ललितपुर पाँचौ स्थानमा छ।

यस्तै आजै हुने दोस्रो खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसी भिड्दैछन ।

खेल साँझ साँढे ५ बजे त्रिपुरेश्वर स्थित दशरथरंगाशालामा हुनेछ । ५ अंक रहेको बुटबल लुम्बिीनी पुछारबाट दोस्रो स्थानमा छ भने १० अंकसहित धनगढी शिर्ष स्थानमा छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments