व्यापारीहरूको थाप्लोमा दोष थोपरेर सरकार चोखिने प्रयत्न गरिरहेको छ-विवेकशील साझा

कोरोना भाइरसविरुद्धको कोभिडशिल्ड खोप खरिदका प्रकरणबारे विवेकशील साझा पार्टीले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

शुक्रबार प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै भ्रष्टचार ढाकछोप गर्न आंशिक रूपमा दोषको भागीदार देखिएका व्यापारीहरूको थाप्लोमा दोष थोपरेर सरकार चोखिने प्रयत्न गरिरहेको साझा निष्कर्ष रहेको उल्लेख गरेका छन् । 

विवेकशील साझाले सरकारमाथि उठाएका चारवटा प्रश्न 

१. महामारीजस्तो राष्ट्रिय/विश्वव्यापी सङ्कटका बेला यदि केही व्यापारीकै कारण खोप खरिद तथा आयातजस्तो संवेदनशील प्रक्रियामा अवरोध सिर्जना भएको हो भने ती व्यापारीमाथि किन कारबाही गरिएन?

२. केही व्यापारीका अगाडि निरीह देखिएर उनीहरूको टाउकोमा दोष थोपर्दै भयावह स्थितिबाट सरकार उम्कन मिल्छ? फेरी, त्यस्ता व्यापारीहरू सरकार हाँक्ने नेताहरूबाटै संरक्षित छैनन् र?

३. भारतीय उत्पादकबाट खोप ल्याउन बिचौलियाले रोकेको र त्यो अवरोध सल्टाउन कठिन भएकै हो भने अन्यत्रबाट खोप ल्याउने प्रक्रिया समयमै अघि बढाउन चाहिँ सरकारलाई कसले अवरोध गर्‍यो?
 
४. प्रधानमन्त्री केपी ‌ओलीले तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप दिलाउने घोषणा गरेका थिए। मानिलिऊँ, कसैले अवरोध नगरेर भारतबाट थप ५० लाख डोज खोप सहजै आएको भए पनि त्यो प्रधानमन्त्रीले घोषणा गरे अनुरूप बाँकी नेपालीलाई खोप लगाउन पर्याप्त हुने थिएन। बाँकी खोप ल्याउन चाहिँ सरकारले हालसम्म के गरेको छ?

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments