कामीरिता शेर्पाले तोडे आफ्नो कीर्तिमान

 नेपाली आरोही कामिरिता शेर्पाले २५औँ पटक सगरमाथाको चुचुरोमा पुगेर आफ्नो कीर्तिमान तोडेका छन् ।
यो वर्ष वसन्त ऋतुको पहिलो आरोहणका रुपमा उनीसहित १२ जनाले सगरमाथाको चुचुरोमा टेकेका हुन् ।

सेभेन समिटका अनुसार शुक्रबार साँझ ६ बजे उनी सगरमाथाको चुचुरोमा पुगेका हुन् । शेर्पाले सगरमाथाको चुचुरोमा डोरी टाँग्ने टोलीको नेतृत्व लिएका थिए । उनले पहिलो पटक सन् १९९४ मा सगरमाथा आरोहण गरेका थिए । त्यसबाहेक उनी पाकिस्तानको केटु हिमाल, नेपालकै ल्होत्से, मनास्लु, चोयु हिमाल आरोहण गरिसकेका छन् ।

उनले ८ हजार मिटरमाथिको हिमाल धेरै पटक आरोहण गर्नेमा समेत रेकर्ड बनाएका छन् । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments