एनएसएल फुटबलः पोखरा थन्डर्स र एफसी चितवन भिड्दै

नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।

२ अंकसहित तालिकाको पुछारमा रहेको एफसी चितवन र ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको पोखरा थन्डर्सबीचको खेल साझ साँढे ५ बजे दशरथ रंगाशालामा हुनेछ ।


चितवनलाई पराजित गर्दै पोखरा थन्डर्स प्लेअफमा पुग्ने दाउमा छ भने चितवन पोखरासंग अंक बराबरी गर्ने योजनामा हुने छ । यसअघि धनगढी एफसी र काठमाण्डौ रेजर्स प्लेअफमा पुगिसकेका छन । समान ५ खेल खेलेको दुबै टिमको १० अंक छ ।

गोलअन्तरका अधारमा धनगढी पहिलो तथा काठमाण्डौ रेजर्स प्रतियोगिताको दोस्रो स्थानमा छ । ७ अंक जोडेको बिराटनगर तेस्रो स्थानमा छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments