संक्रमितहरुका लागि डोर टु डोर सेवा सञ्चालन गरिने सञ्चारमन्त्रीको दाबी

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले केही दिनभित्र नै कोभिड संक्रमितका लागि सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चालन गर्ने बताएका छन्।

छैँटौ पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङ्गले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य सेवा सञ्चालन गरिने बताएका हुन्।

उनले कसैलाई पनि कुनै पनि खाद्यपदार्थको अभाव हुन नदिने गरि स्वास्थ्य जस्तै तरकारी लगायत अत्यावश्यक खाद्यपदार्थको पनि डोर टु डोर सेवा सञ्चालन गरिने आश्वासन दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments