एनएसएल: काठमाडौं रेजर्स विराटनगरलाई पराजित गर्दै प्लेअफमा प्रवेश

काठमाडौं रेजर्स पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ ।

बिहीबार भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५-४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गोल गरे ।

यस्तै स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक एक गोल गरे ।

विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए । यस्तै एडिलाजा सोमिडे र रन्जित धिमालको नाममा एक एक गोल रह्यो  ।

खेलमा काठमाडौंका मेसौके प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंका विश्वास श्रेष्ठ चुनिए । उनले १० हजार प्राप्त गरे ।

जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments