नेपाल सुपर लिगमा ललितपुरको पहिलो जित

पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ ।

बिहीबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

खेलको पाँचौ मिनेटमा स्ट्राइकर नुर्लान नोभ्रुजुभ जाहिदले हेडमार्फत गोल गर्दै ललितपुरलाई १-० को अग्रता दिलाएका थिए । जुन गोल खेलको निर्णायक बन्यो ।

खेलमा ललितपुरका कप्तान अन्जन विष्ट प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरका मिक्छेन तामाङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

जितसँगै ललितपुर लिगको चौंथो स्थानमा उक्लिएको छ । ललितपुरले ५ खेलमा ६ अंक जोडेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments