अक्सिजन सिलिण्डर लुकाए कारवाही गरिने

अक्सिजन सिलिण्डर लुकाएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन गरी कडा कारवाही गर्ने बताएका छन् ।

बिहिबार विज्ञप्ती जारी गरी मन्त्रालयले कोभिड १९ संक्रमितको उपचारका लागि प्रयोग हुने अक्सिजन सिलिण्डरमा कालोबजारी भएको निष्कर्ष निकालेको हो ।

सरकारको निर्णय विपरीत अझै पनि अक्सिजन उद्योगधन्दामा प्रयोग गर्ने गरेको पाइएको मन्त्रालयको अनुगमनमा फेला परेको जनाएको छ ।

धेरै खालीसिलिण्डर र अक्सिजनसहितका सिलिण्डर भण्डारण गरी राखेको अवस्थामा पाएको भन्दै उद्योगव्यवसायी र सरोकारवालालाई तत्काल कोभिड अस्पताललाई उपलव्ध गराउन परिपत्र समेत गरेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments