कांग्रेसले भन्यो – अहिले विश्वासको मत दिन सक्दैनौं

नेपाली कांग्रेसले सरकारको काम कारवाहीका कारण अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएको छ ।

बुधवार भएको २ दलका शीर्ष नेताको बैठकमा कांग्रेसले अहिले सरकारलाई समर्थन गर्न सकिने अवस्था नरहेको बताएको हो । 

सरकार गठनका विषयमा विपक्षी गठवन्धन निर्माण भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुलाई भेट्न देउवाको निजी निवास बुढानीलकण्ठ पुगेका थिए ।

कांग्रेससँगको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसहित उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र एमाले संसदीय दलका उपनेता समेत रहेका संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ सहभागी थिए । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments