घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरे पाँच सय रुपैयाँ लाग्ने

घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरेमा पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ । अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टाेली घरमै पुग्ने र त्यसका लागि थप पाँच सय रुपैयाँ लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वाब सङ्कलनका लागि पाँच सय रुपैयाँ शुल्क लाग्ने जानकारी गराउनुभएको हो ।

यसैबीच प्रवक्ता गौतमले देशभरका अस्पतालमा क्षमताभन्दा बाहिर गएर उपचार चलिरहेको बताउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments