सांसदहरुको पीसीआर परिक्षण शुरु

यही बैशाख २७ गते देखि सुरु हुने प्रतिनिधिसभा अधिवेशका लागी संघीय संसद् सचिवालले सांसदहरुको पीसीआर परिक्षण शुरु गरेको छ ।

नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि अपराह्न ५ बजेसम्म पीसीआर परीक्षण हुने सचिवालयले जनाएको छ ।

पहिलो दिन सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुने बताईएको छ ।

कर्मचारी, मर्यादापालक, संसदीय मामिलासँग आबद्ध पत्रकार, लगायतको पीसिआर परीक्षण भोली हुने छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments