माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियाे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माआवादी केन्द्रले समर्थन फिर्ता लिएको पत्र आज संसद सचिवालयमा बुझाएको हो । संसद विघटनपछि पुनःस्थापना हुँदासमेत केपी शर्मा ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउन पत्र बुझाइएको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिनिधिसभामा एमालेका १ सय २१ सांसद मात्र छन् । जबकी प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन दुई सय ६७ सांसदमध्ये एक सय ३६ सांसद आवश्यक पर्छ । प्रतिनिधिसभामा माओवादी केन्द्रको ४९ सांसद छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments