एनएसएल: काठमाण्डौले बुटवललाई एक–शून्यले हरायाे

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा काठमाण्डौ रेजर्सले बुटवल लुम्बिनीलाई हराएको छ । 

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा काठमाण्डौले बुटवललाई एक–शून्यले हराएको हो । काठमाण्डौका लागि खेलको पाँचो मिनेटमा स्टेफेन विनोङ समिरको गोल निर्णायक बन्यो ।

यो जितसँगै काठमाण्डौ चार खेलमा सात अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिँदा बुटवल चार खेलमा पाँच अङ्कसहित चौथो स्थानमा पुगेको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments