उपत्यकामा जारी निषेधाज्ञा कडाइ (निर्णय पत्रसहित)

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुनेछ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

बैंक तथा वित्तीय क्षेत्रका हकमा २५ प्रतिशत मात्र शाखा कार्यालयहरुलाई खुला गर्न दिइने र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत कर्मचारी सञ्चालन गरी सेवा दिन सक्ने निर्णय गरिएको छ ।

खाद्यान्न पसल खोल्न पाइने समयमा पनि परिवर्तन गरिएको छ । अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न दिइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments