बैतडीमा शव बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

से १ ज १८३ नम्बरको जीप पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेस्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिनुभयो । 

जीप दुर्घटनामा ज्यान गुमाउनेहरूमा वडा नम्बर ६ कै जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिक्मत भण्डारी र दीपक भण्डारी रहेका प्रहरीले जनाएको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments