पार्टी कब्जा गर्ने रणनीति चिर्न फ्लोर क्रस गरियाे-प्रकाश ज्वाला

नेकपा एमालेका नेता प्रकाश ज्वालाले केपी शर्मा ओली समूहको गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति चिर्न फ्लोर क्रस गरिएको दाबी गरेका छन् ।

वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका ज्वालाले १७ दिनपछि एक अपील जारी गर्दैकर्णाली प्रदेशको फ्लोर क्रस सत्य र निष्ठाका लागि गरिएको विद्रोह भएको दाबी गरेका हुन् ।

नेता ज्वालाले केही अराजक व्यक्तिहरुले आफूलाई आर्थिक प्रलोभनमा परेर फ्लोर क्रस गरेको भन्ने जस्ता भ्रामक आरोप लगाउने दुष्प्रयास भएको बताएका छन् ।

आफूले पार्टीलाई एकतावद्ध गराउने उद्देश्यले मन्त्री पदबाट राजीनामा दिएपनि केही व्यक्तिका लागि यो सम्भव नहुने बताएका छन् । ‘मन्त्रीबाट राजीनामा दिएपछि कर्णालीमा एमालेलाई एकतावद्ध बनाउन मैले हदैसम्म कोशिश गरें । तर, केही व्यक्तिको दम्भले कर्णालीमा पार्टी एकतावद्ध हुन सकेन,’ ज्वालाले भनेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments