वैशाख २९ गतेसम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञालाई २९ गतेसम्म लम्ब्याउने उपत्यकाका तीनै जिल्लाका सीडीओको बैठकले निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको ललितपुरका सहायक सीडीयो ललितकुमार बस्नेतले बताए । यसअघि तीनै जिल्लाका सीडीओले एक साता निषेधाज्ञा जारी गरेका थिए । 

उपत्यकामा साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने निर्णय सच्याइएको छ । अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको छ ।अबदेखि बिहान ७–९ बजेसम्म मात्र पसल खोल्न पाइनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments