नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी र एकदिबसीय वरियतामा माथि उक्लियो

 नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरियतामा पुनः माथि उक्लेको छ ।

नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृखंला जितेर एक स्थानमाथि उक्लेको नेपाल एक साता नबित्दै आईसीसीको नयाँ वरियतामा पुनः एक स्थानमाथि उक्लेको हो ।


आईसीसीले सोमबार जारी गरेको नयाँ वरियता बमोजिम नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरियतामा १३ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १४ औं स्थानमा थियो ।

त्यसैगरी, नेपालले अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेटको विश्व वरियतामा समेत एक स्थानमाथि उक्लेको छ । यसअघि १७ औं स्थानमा रहेको नेपाल आईसीसीले सोमबार जारी गरेको नयाँ वरियतामा १६ औं स्थानमा उक्लेको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments