मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक- विपक्षी दल

लुम्बिनी प्रदेशमा अल्पमतको पार्टीको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी उपाचार खोज्ने बताएका छन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज (सोमवार) पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएका हुन् । मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको विपक्षी गठबन्धनहरुको दाबी छ ।

३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनको भनाई छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments