आईपीएलका खेलाडीमा कोरोना संक्रमण,आजको खेल स्थगित

कोरोनाको कहर ईण्डियन प्रिमियर लिग आईपीएलमा पनि देखिएको छ । कोलकत्ताका दुई खेलाडी वरुण चक्रवर्ती र संदीप वारियरलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

पैट कमिस सहित अन्य खेलाडीहरुको स्वास्थ्यमा समस्या देखिएका पछि उनीहरुमा पनि कोरोना संक्रमण हुन सक्ने बताईएको छ ।

संक्रमित खेलाडीहरुलाई आईसोलेसनमा पठाईएको छ । खेलाडीहरुको स्वास्थ अबस्था फिट नभएसम्म अब कोलकत्ता नाईड राईडर्सले कुनै पनि खेल खेल्ने छैन ।

खेलाडीमा कोरोना भेटिएपनि आईपिएल भने नरोकिने स्रोतले जनाएको छ ।यसैबिच खेलाडीहरुमा कोरोना संक्रमण देखिएपछि ईण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको सोमबार हुने भनिएको कोलकत्ता नाईटराईडर्स र रोयल च्यालेन्जर्स बेङलोरबीचको खेल स्थगित भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments