जसपाका चार जना पदमुक्त सांसदको रिट सर्वोच्चद्वारा अस्वीकार

जनता समाजवादी (जसपा) को लुम्बिनी प्रदेश सभाका चार जना प्रदेशसभा सदस्यहरुको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध सर्वोच्च पुगेका चारजनाको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको हो। 

सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल पदमुक्तको निर्णयविरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए। जसपा प्रदेश संसदीय दलको सिफारिसनुसार प्रदेश सभा सचिवालयले उनीहरुलाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments