आज रातिदेखि काभ्रेका मुख्य सडकमार्गमा निषेधाज्ञा

काभ्रेपलाञ्चोकका दुई राजमार्ग र मुख्य सडकखण्डमा आज राति १२ः०० बजेदेखि निषेधाज्ञा गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले यही वैशाख २६ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिने बताए ।

निषेधाज्ञाको समयमा काभ्रेपलाञ्चोकको भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सरदमुकाम, पाँचखाल नगरपालिकाको बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ पाँच सय मिटरको क्षेत्र बन्द रहने भएको छ ।

त्यस्तै विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ, भकुण्डेहुँदै मङ्गलटारसम्म सडकको दायाँबायाँ दुई सय मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवती मन्दिरसम्मको सडक दायाँबायाँ पाँच सय मिटर क्षेत्र, बनेपा–पनौती–खोपासी सडक खण्डको पाँच सय मिटर दायाँबायाँ क्षेत्र र पाँचखाल नगरपालिकाको जेरोकिलोदेखि कुन्ताबँेशीसम्मको सडक दायाँबायाँ क्षेत्रको दुई सय मिटर क्षेत्रमा निषेधाज्ञा गरिने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments