भारतमा पछिल्लो २४ घण्टामा थप ३६८९ जनाको कोरोनाका कारण मृत्यु

भारतमा कोरानोभाइरसबाट थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको हो ।
भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक करोड ९५ लाख ५७ हजार ४५७ जना सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६८९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख १५ हजार ५४२ पुगेको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये ३३ लाख ४९ हजार ६४४ अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन लाख सात हजार ८६५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक करोड ५९ लाख ९२ हजार २७१ पुगेको अधिकारीहरुले जनाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments