राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

नेकपा (एमाले)को स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानुभएको छ ।

एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो ।

बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतल निवास पुग्नुभएको बताइएको छ । लुम्बिनी प्रदेशसहित केन्द्रमा राजनीतिक हलचल चलिरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नुभएको हो ।

राष्ट्रपतिसँग राजनीतिक परामर्शका लागि प्रधानमन्त्री शितलनिवास गएको उहाँनिकट स्रोतले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments